कोरोनासँग लड्न एडीबीले दियो ३० अर्ब सहयोग



काठमाडौं । एशियाली विकास बैंक (एडिबी) ले कोरोनासँग जुध्नका लागि नेपाल सरकारलाई २५० मिलियन अमेरिकी डलर (झण्डै ३० अर्ब) बराबरको ऋण सहयोग उपलब्ध गराएको छ ।

अर्थमन्त्रालयका आज आयोजित ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका हुन् । सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाको पनि उपस्थिति थियो ।

सो ऋण रकम सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड–१९ का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा प्रयोग गरिनेछ । गरिब र विपन्न वर्गका लागि सामाजिक संरक्षण कार्यक्रम विस्तार गर्न र तीव्र आर्थिक पुनःरुत्थानमा जानसमेत उक्त रकम उपयोगी हुने बैंकले जनाएको छ ।

कोरोना कहरले सार्वजनिक स्वास्थ्यमा समस्या सिर्जना गरेको र नेपालको सामाजिक र आर्थिक विकासमा गहिरो असर गरेको छ । कोभिड–१९ एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डिचर सहायता ९सिएआरइएस० कार्यक्रमअन्तर्गत नेपालले बैंकबाट उक्त ऋण सहायता पाएको हो ।

त्यस्तै, ऋण सहयोगबाट सरकारले सातवटै प्रदेशमा कम्तीमा दुई लाख क्वारेन्टिन निर्माण गर्न र दैनिक तीन हजार मानिसको कोरोना परीक्षण गर्न सक्ने एडिबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुनर्जीवित कृषि औजार कारखाना : ३२ महिनामा १६ थरिका औजार विकसित

वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी

नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय

चितवन ।  नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य वृद्धि गर्ने निर्णय गरेको छ ।

यस्तो छ विदेशी मुद्राको विनिमयदर

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको

दिगो विकास लक्ष्य पूरा गर्न वार्षिक साढे सात खर्ब लगानी अपुग

काठमाडौं । दिगो विकास लक्ष्य (एसडिजी) पूरा गर्न वार्षिक साढे सात खर्बभन्दा बढीको