संसदबाट अनुमोदन नहुँदासम्म एमसीसी यथावतः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन नहुँदासम्म अघि नबढ्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री डा. खतिवडाले एमसीसी बजेटको अनुसूचीमा तीन वर्षदेखि लगातार आइरहेको उल्लेख गर्दै संसदबाट निर्णय भएपछि अरु काम अघि बढ्ने बताएका हुन् ।

उनले एमसीसीमार्फत आउने अमेरिकी सहयोग रकम संसदले अनुमोदन गरेपछि मात्रै त्यो बेला निकासा हुने र त्यतिबेलासम्म यथावत नै रहने बताए । अर्थमन्त्री खतिवडाले वित्त आयोगको सुझाव अनुसार कुल ग्राहस्थ उत्पादनको ५ प्रतिशतको वरिपरि रहेर आन्तरिक ऋण उठाउने व्यवस्था गरिएको बताए ।

उनले निजी क्षेत्रमा जाने कर्जालाई विस्थापित नगर्ने गरी सरकारले ऋण उठाउने व्यवस्था गरेको जानकारी दिए । उनले बाह्य स्रोतको व्यवस्थापनको सन्दर्भमा एसियाली विकास बैंकसँग कोभिडको समस्या समाधानका लागि ५० अर्ब रुपैयाँको बजेट सहयोग सम्झौता गरिएको बताए । त्यसैगरी विश्व बैंक, युरोपियन इन्भेष्टमेन्ट बैंक र एआईबीले समेत थप सहयोग गर्ने प्रतिवद्धता जनाएका उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

बागलुङ। पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका उद्योगले पछिल्लो समय

पुल नहुँदा तनहुको देवघाटका किसानलाई सुन्तला बजारसम्म ढुवानी गर्न समस्या

दमौली ।  तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस भएको छ ।

‘मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्ने सबैलाई धन्यवाद’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवन अन्त्य गर्न लागेको

मोरङको सुन्दरहरैँचा जंगली हात्ती आतंक, आक्रमणबाट एकजनाको मृत्यु

सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु