विद्युतीय सवारी साधनको भन्सार दर नबढाउन अटोमोबाईल्स व्यवसायीको माग



काठमाडौं । विद्युतीय सवारी साधनको भन्सार दर बढाइएको भन्दै अटोमोबाईल्स व्यवसायीहरुले विरोध जनाएका छन् । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन ‘नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल’ले आइतबार पत्रकार सम्मेलन गरी सरकारले बजेट वक्तव्यमार्फत विद्युतीय सवारी साधनमा भन्सार दर बढाएको भन्दै विरोध जनाएको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाले सरकारको दोहोरो र अनिश्चित मापदण्डबाट विद्युतीय सवारी साधनको व्यवसायमा संलग्न व्यवसायीहरुको लगानी डुब्ने खतरा रहेको गुनासो गरे । उनले यस अघि सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरेपछि व्यवसायीहरुले लगानी बढाएको अवस्थामा फेरि पेट्रोलियम सवारी साधनहरुमा जस्तै कर लगाउँदा सवारी साधनको मूल्य महँगो पर्न जाने भएकाले व्यवसायीहरुको लगानी डुब्ने खतरा रहेको गुनासो गरेका हुन् ।

विद्युतीय सवारीको कर बढाउँदा मूल्य बढने र विद्युतीय सवारी साधन कसैले पनि प्रयोग नगर्ने भएकाले विद्युत खपत पनि नबढ्ने उनलेब बताए । यस्तै कोरोना भाइरस रोकथामका लागि लामो समय लकडाउन गरिँदा उद्योग व्यवसाय उठ्नै नसक्ने अवस्थामा पुगेको भन्दै अर्थतन्त्रलाई जोगाउन लकडाउन खोल्नुपर्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

काठमाडौंको नक्सालस्थित हिलटन होटल संचालनमा

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा शुक्रबारदेखि सञ्चालनमा आएको हिल्टन होटलले

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले