निरपेक्ष गरिवी यसवर्ष १६.६७ प्रतिशत रहने अनुमान



काठमाडौं । सरकारले संघीय संसदमा आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गरेका हुन् । त्यसक्रममा खतिवडाले कोरोना भाइरसको कारण आर्थिक परिसूचकमा ठूलो चाप परेको बताएका छन् ।

चालु बर्षको ८ महिनाको आर्थिक अवस्था, नीति कार्यान्वयन र विकासका बारेमा जानकारी गराउँदै उहाले कोभिड १९ का कारण देशको सम्पूर्ण आर्थिक गतिविधि र त्यसले देशको आर्थिक वृद्धिदर पनि खुम्चिएको बताए ।

उनले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.३ प्रतिशत हुने बताए । यसअघि केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५५ को लक्ष्य राखेको थियो ।

नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ अमेरिकी डलर रहेको, सरकारले तिर्न बाँकी सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब रुपैयाँ रहेको उनले जानकारी दिए । यस्तै, कुल लगानी ३.४ प्रतिशतले घटेको उनको भनाई छ ।

देशमा १८.७ प्रतिशत रहेको निरपेक्ष गरिवी यसपाली १६.६७ प्रतिशत अनुमान गरिएको बताए । सरकारले विभिन्न क्षेत्रमा तीव्रताका साथ काम गरेको बताउँदै देशभर २३ हजार ३ सय ३४ किलोमिटर लामो सडक निर्माण गरेको बताए । यस्तै, ९० प्रतिशत खानेपानी र सतप्रतिशत मानिस स्वास्थ्य सेवाको पहुँचमा पुगेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनास्लु क्षेत्रमा पर्यटक शुल्कमार्फत दुई करोड ५० लाख राजस्व सङ्कलन

गोरखा ।  प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब

२७ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ

आठ खर्ब ५३ अर्ब लागतका आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौँ ।  सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै आठ खर्ब ५३ अर्ब