डेरी उद्योगीद्वारा दुग्धजन्य वस्तुको उत्पादनमा ५० प्रतिशत कर छुटको माग



काठमाडौं । डेरी उद्योगीहरुले दुग्धजन्य वस्तुको उत्पादनमा ५० प्रतिशत भ्याट छुट पाउनुपर्ने माग गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि डेरी क्षेत्रमा असर परेको भन्दै राहत स्वरुप भ्याटमा छुट दिनुपर्ने माग गरेका हुन् ।

नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले सरकारले पहिला दिदै आएको ५० प्रतिशत भ्याट छुट फेरि दिनुपर्ने बताए । पछिल्लो केही वर्ष यता सरकारले डेरी उद्योगहरुलाई दिदै आएको भ्याट छुट रोकेको थियो । यस्तै विद्युत महसुलमा समेत ५० प्रतिशत छुट पाउनुपर्ने माग व्यवसायीहरुले गरेका छन् ।

उनले लकडाउनका कारण दुध संकलनमा समस्या भएको र ८० प्रतिशत बजार पनि बन्द भएको अवस्थामा दुध किसान, वितरक र डेरी उद्योगी सबैलाई राहतको आवश्यकता रहेको बताए । यस्तै लकडाउन पछि डेरी उद्योग सञ्चालन गर्न र किसानलाई भुक्तानी गर्न चालु पूँजीको अभाव हुने भएकोले सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने माग व्यवसायीहरुको रहेको उनले बताए ।

देशभर दैनिक ६२ लाख लिटर दुध उत्पादन हुन्छ । जसमध्ये ३१ लख लिटर दुध बजारमा आउँछ । त्यस मध्ये पनि करिब १७ प्रतिशत मात्र औपचारिक डेरी उद्योगबाट बजारमा दुध आउने गरेको छ । बाँकी ३३ प्रतिशत अनौपचारिक क्षेत्रबाट खुल्ला रुपमा बजारमा आउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोगले सुकेर उजाडिए पाल्पामा सुन्तला बगैँचा

पाल्पा ।  सुन्तलाखेतीबाट राम्रो उत्पादन लिइरहेका समाचार यत्रतत्र सुनिन्छन्। पाखो तथा बाँझो जमिनलाई सदुपयोग

मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढ्ने सहमति

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

  तनहुँ । तनहुँ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन

सात महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च