झुत्रिएका, मक्किएका नोट प्रयोगमा नल्याउन राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले अबदेखि बैंक तथा वित्तीय संस्थालाई काउन्टर, एटीएमलगायत मेसिनबाट प्राप्त चलनचल्तीमा पठाउन काउन्टरबाट भुक्तानी गरी दिने नोटलाई तीन भागमा छुट्याउन परिपत्र गरेको छ । पर्नेछ । त्यस्तै पूर्व राजाको तस्बिर भएको नोट पुनः प्रयोगमा रोक लगाइएको छ ।

आइतबार राष्ट्र बैंकले परिपत्र जारी गर्दै पूर्वराजाका तस्बिर अंकित नोट निष्काशन तथा पुनः प्रयोगमा नल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । यसैगरी झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कारिएको वा च्यातिएका नोटलाई बैंक तथा वित्तीय संस्थाले पुनः निष्काशनका गर्न मिल्दैन ।

बैंक तथा वित्तीय संस्थाले अयोग्य नोटहरुलाई आफ्नो नोट कोषमा जम्मा गर्नुपर्ने छ । राष्ट्र बैंकले नोटको जतनको लागि नोटमा नलेख्न, नकेर्न, रंग नदल्न तथा स्टिज नगर्न पनि भनेको छ । चलनचल्तकिा लागि पठाउने नोटलाई निर्मुलीकरण अनिवार्य रुपमा गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुनर्जीवित कृषि औजार कारखाना : ३२ महिनामा १६ थरिका औजार विकसित

वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी

नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय

चितवन ।  नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य वृद्धि गर्ने निर्णय गरेको छ ।

यस्तो छ विदेशी मुद्राको विनिमयदर

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको

दिगो विकास लक्ष्य पूरा गर्न वार्षिक साढे सात खर्ब लगानी अपुग

काठमाडौं । दिगो विकास लक्ष्य (एसडिजी) पूरा गर्न वार्षिक साढे सात खर्बभन्दा बढीको