उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी बजेट ल्याउन अर्थविदको सुझाव



काठमाडौं । अर्थविदहरुले रोजगारीमा लगानी बढाउने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । बिहीबार बसेको संसदको अर्थ समितिको बैठकमा उनीहरुले आगामी बजेटमा खर्च कटौती गरी रोजगारीमा लगानी बढाउन सरकारलाई सुझाव दिएका हुन् । त्यस्तै उनीहरुले  उत्पादनशील क्षेत्रमा लगानी बढाउन पनि सुझाव दिएका छन् ।

बैठकमा अर्थविद् चन्द्रमणि अधिकारीले रोजगारी सिर्जना गर्न कृषिलाई व्यवसायीकरण गर्नुको बिकल्प नरेहेको बताए । उनले लकडाउन हुने पूर्वसंकेत पाउँदा पनि सरकारले त्यसको तयारी नगरेका कारण अर्थतन्त्रमा समस्या देखिएको बताए । अर्थविद् डा. शंकर शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने धारणा राखे ।

राहत र रोजगारीको कार्यक्रमलाई बजेटले प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ । अर्थविद् विश्वम्भर प्याकुरेलले पर्यटन क्षेत्र, मेघा सिटी लगायतका कार्यक्रमहरुलाई यस पटक निरन्तरता दिन नहुने बताए ।

छलफलमा अर्थविद् डा. डिल्लीराज खनालले अर्थतन्त्रलाई चलायमान बनाउन खर्चमा आधारित बजेट प्रणालीलाई नतिजामा आधारित बनाउनुपर्ने तथा विभिन्न प्रकारका बोर्डहरु खारेज गरी खर्च कम बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा झिनो अङ्कको सुधार

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।

पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ

१५ हजार मेगावाट विद्युत् निर्यातका लागि प्रसारण लाइन निर्माणको ‘मोडालिटी’बारे नेपाल र भारतबीच सहमति

काठमाडौँ। नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति भएको छ ।

एनआरएनएका अध्यक्ष केसी उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले