आर्थिक समृद्धिको नारा सफल पार्न पूर्ण बजेट नै ल्याउने



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक समृद्धिको नारा सफल पार्न पूर्ण बजेट नै ल्याउने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले सरकारले लिएको आर्थिक समृद्धिको नारा सफल पार्नका लागि अहिले पूर्ण बजेटको नै आवश्यकता रहेको बताएका हुन् ।

उनले आर्थिक पुनरोत्थानलाई सरकारले ध्यान दिएको र बजेट निर्माणका क्रममा प्राथमिकतामा राख्ने पनि बताए । आधारभूत स्वास्थ्य सेवा र माध्यमिक तहसम्मको शिक्षालाई बलियो बनाउँदै लैजान सरकारको भूमिका बढाउने, रोजगारीको क्षेत्रमा लगानी नबढाउने हो भने पैसा मात्रै बाँडेर नपुग्ने उनले बताए । खतिवडाले गत जनवरीसम्ममा नेपालको उच्च आर्थिक वृद्धिदरका विषयमा अन्तर्राष्ट्रिय निकायहरु पनि सहमत रहेको बताए ।

उनले सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीका लागि सरकारले उचित तवरले बजेट बिनियोजन गर्ने बताए । बैठकमा सभामुख अग्नि सापकोटाले आगामी जेठ २ गते शुक्रबार चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति बिद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशको खर्च निराशाजनक, अहिलेसम्म २५ प्रतिशत मात्र बजेट खर्च

बागमती। बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

देहरादुन (भारत) । ‘आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्’, स्टलमा आउने सबैजसो

यस्तो छ विदेशी मुद्राको विनिमयदर

  काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको

देहरादूनमा नेपाल–भारत व्यापार मेला सुरू

देहरादुन । नेपाल–भारतबीच व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धन तथा आदानप्रदान गर्ने उद्देश्यले शुक्रबारदेखि