मौद्रिक नीतिले लिएका अधिकांश लक्ष्यहरु पूरा नहुने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी वर्ष अर्थतन्त्रका लागि चुनौतिपूर्ण रहेको बताएका छन् । संसदको अर्थ समितिको मंगलबारको बैठकमा गभर्नर अधिकारीले रेमिट्यान्स आप्रवाह कम हुने, पर्यटन आय शून्य हुने, वैदेशिक लगानीमा संकुचन आउने भएकाले अर्थतन्त्रमा चुनौति थपिएको बताएका हुन् ।
उनले चालु आर्थिक वर्षको मौद्रिक नीतिले लिएका अधिकांश लक्ष्यहरु पूरा नहुने अवस्था आएको बताए । यस्तै उनले अन्तरिक आपूर्ति प्रणालीलाई सुदृढ बनाउन नसकेमा मूल्यमा समेत दवाव पर्ने बताए । पाँच करोड रुपैयाँ भन्दा बढी कर्जा लिने ग्राहकहरुको अवस्था अध्ययन गरी विवरण तयार गर्न बैंकहरुलाई निर्देशन दिइएको समेत जानकारी दिए ।