लकडाउनले प्रभावित क्षेत्रलाई सम्बोधन गर्नेगरि बजेट ल्याउन सरकारलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव



काठमाडौं । पूर्वअर्थमन्त्रीहरुले लकडाउनका कारण प्रभावित क्षेत्रहरुलाई अधिकतम सम्बोधन गर्नेगरि आगामी बजेट आउनुपर्ने बताएका छन् । आगामी आर्थिक वर्षको लागि बजेटको प्राथमिकताका बारेमा विधायन व्यवस्थापन समितिले आइतबार गरेको छलफलमा उनीहरुले लकडाउनले प्रभावित बिभिन्न क्षेत्रलाई सम्बोधन गर्नेगरि बजेट आउनुपर्ने धारणा राखेका हुन् ।

आर्थिक बृद्धिमा गिरावट आउनुको कारण नै उद्योग, पर्यटन, होटल लगाएत अन्य क्षेत्रहरु ठप्प भएको उनीहरुको भनाई छ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले राजस्व, बिप्रेषण लगाएका क्षेत्रमा भएका क्षति अर्को बर्षपनि असर पार्ने भएकाले यी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । माग र आपूर्तिको सन्तुलन बिग्रेकाले यसको असर रोजगारको क्षेत्रमा पनि पर्ने उनको भनाई थियो । त्यस्तै पूर्वअर्थमन्त्री डा रामशरण महतले लक्ष्य हासिल गर्ने र कायान्वयन हुने गरि बजेट ल्याउनुपर्ने सुझाव दिए ।

अहिले पूँजिगत खर्च पुरा हुन सक्ने अवस्था नरहेको भन्दै उनले आगामी बर्ष यसलाई बिशेष ध्यान दिनुपर्ने बताए । उनले बेरोजगारीको क्षेत्र आगामी बर्षको समस्या हुन सक्ने भएकाले रोगजारलाई प्राथगमिकतामा राख्न पनि सुझाव दिए । छलफलका क्रममा पूर्वअर्थमन्त्रीहरुले अनुदानमा दिइने रकमको दुरुपयोग भएको भन्दै अब मापदण्डको आधारमा दिनुपर्ने बताए । अहिलेको अवस्थामा सामाजिक दुरी कायम गरि केहि व्यवसायहरुलाई सुरु गर्नदिनुपर्ने सुझाव पनि उनीहरुले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनास्लु क्षेत्रमा पर्यटक शुल्कमार्फत दुई करोड ५० लाख राजस्व सङ्कलन

गोरखा ।  प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब

२७ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ

आठ खर्ब ५३ अर्ब लागतका आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौँ ।  सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै आठ खर्ब ५३ अर्ब