अर्थतन्त्रलाई पहिलेकै अवस्थामा ल्याउन अझ बढी समझदारी र सहकार्य आवश्यकः अध्यक्ष राणा



१३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना !

निश्चयनै आजको समय अत्यन्त कठिन छ । यतिखेर सिंगो मानवजाती महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरससंग लडीरहेको छ । ठूलो मात्रामा विश्वमा जनधनको क्षति भएको छ । नेपाल पनि त्यसबाट प्रभावित भैरहेको छ । उद्योग व्यवसाय ठप्प छ । अर्थतन्त्रका महत्वपूर्ण आधारहरू, विप्रेषण, पर्यटन लगायत सेवा क्षेत्र नराम्ररी थलिएको छ भने अन्य उद्योग व्यवसाय पनि ग्रसित भैरहेका छन् । अझै पनि हाम्रा अगाडी निकै ठूलो चुनौती छ ।

अहिले हाम्रो पहिलो प्राथमिकता मानव जीवनको सुरक्षा हो, हामी सवै एकजुट भई कोभिड १९ लाई परास्त गर्ने अभियानमा छौ । चाडैनै यो महामारी नियन्त्रणमा आउने हामीले आशा गरेका छौ । सम्भावित चुनौतीसंग लड्न यतिखेर सरकार, निजी क्षेत्र, श्रमिक कामदार कर्मचारीहरू सहित सिंगो मुलुकनै एक ढिक्का भएर लागेको छ ।

अर्थतन्त्रलाई पहिलेकै अवस्थामा ल्याउन आगामी दिनमा अझ बढी समझदारी र सहकार्यका साथ काम गर्नुपर्ने आवश्यकता र चुनौती हाम्रा सामुन्ने रहेको म यस अवस्थामा स्मरण गर्न चाहान्छु । कठिन चुनौतीको सामनाको साथै साझा समस्याको समाधान गर्न हामी सफल हुनेछौ भन्ने विश्वास गर्दै सम्पूर्ण श्रमिक दाजुभाई तथा दिदीवहिनीहरूको सु—स्वास्थ्य र सुरक्षाको कामना सहित पुनः एकपटक हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।

भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोगले सुकेर उजाडिए पाल्पामा सुन्तला बगैँचा

पाल्पा ।  सुन्तलाखेतीबाट राम्रो उत्पादन लिइरहेका समाचार यत्रतत्र सुनिन्छन्। पाखो तथा बाँझो जमिनलाई सदुपयोग

मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढ्ने सहमति

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

  तनहुँ । तनहुँ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन

सात महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च