दुई प्रतिशत व्याजदर छुट दिन राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको व्याजदर दुई प्रतिशत विन्दुले घटाउन बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको छ । राष्ट्र बैंकले चैत मसान्तमा कायम व्याजदरमा दुई प्रतिशत विन्दुले व्याजदर घटाएर वैशाख, जेठ, असारको व्याजदर निर्धारण गर्न परिपत्र गरेको हो । असारपछिको व्याजदर निर्धारण गर्न भने बैंकहरु स्वतन्त्र हुने छन् ।

मुलुक एक महिनादेखि लकडाउनमा रहेका बेला राष्ट्र बैंकको यो प्याकेजले उद्योग, व्यवसाय क्षेत्र लाभान्वित हुनेछन् । यो सुविधा निर्माणाधीन जलविद्युत आयोजना, पोल्ट्री व्यवसाय, साना र मझौला उद्योग लगायतले पाउनेछन् । तर खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेसन, साबुन तथा केमिकल उद्योग, मेडिकल पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले यो सुविधा पाउने छैनन् ।

योसँगै निर्माणाधीन जलविद्युत आयोजना, पोल्ट्री व्यवसाय, साना र उद्योगीले चालु पुँजी कर्जामा थप १० प्रतिशत कर्जा लिन सक्ने गरी सीमा बढाइएको छ । राष्ट्र बैंकले यसअघि पनि राहत प्याकेज घोषण गरिसकेको छ । जसअनुसार चैतको भाका रहेको ऋणीले असारसम्म सावाव्याज भुक्तान गरेमा जरिवाना लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनास्लु क्षेत्रमा पर्यटक शुल्कमार्फत दुई करोड ५० लाख राजस्व सङ्कलन

गोरखा ।  प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब

२७ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ

आठ खर्ब ५३ अर्ब लागतका आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौँ ।  सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै आठ खर्ब ५३ अर्ब