विश्व बैंकको १० करोड डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले विश्व बैंक समूहको आइडिएबाट १० करोड डलरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ । वैशाख ८ गते बसेको मन्त्रिपरिषद बैठकको जानकारी दिन सिंहदरबारमा बिहीबार आयोजित पत्रकार सम्मेनलमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले ऋण स्वीकारका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

यसैगरी सरकारले विद्युतसम्बन्धी कानुन संशोधन गरी संसदमा पेश गर्न स्वीकृति दिएको छ । बैठकले सडकसम्बन्धी कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि दिएको छ ।

बैठकले जनस्वास्थ्य सेवा ऐनअन्तर्गत कसुर ठहरिने मुद्दाको अनुसन्धान र तहकिकात गर्ने जिम्मेवारी सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको प्रवक्ता खतिवडाले जानकारी दिए । बैठकले अख्तियार र मातहतका कार्यालयको संगठन संरचना र दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ भने नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरिय जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए ।

पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले कोरोनाको महामारीसंग जुघ्नसक्ने अवस्था नभएसम्म लकडाउनलाइ खुकुलो पार्न नसकिने बताए । त्यस्तै उनले कठिन अवस्थाका बीच आगामी आर्थिक वर्षको बजेट तर्जुमाको काम भइरहेको पनि जानकारी दिए ।
मन्त्री खतिवडाले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण आर्थिक कृयाकलाप ठप्प हुँदा राजस्व संकलन नभएको र स्रोत थपेर बजेट ल्याउनुपर्ने दबाबमा सरकार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशको खर्च निराशाजनक, अहिलेसम्म २५ प्रतिशत मात्र बजेट खर्च

बागमती। बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

देहरादुन (भारत) । ‘आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्’, स्टलमा आउने सबैजसो

यस्तो छ विदेशी मुद्राको विनिमयदर

  काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको

देहरादूनमा नेपाल–भारत व्यापार मेला सुरू

देहरादुन । नेपाल–भारतबीच व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धन तथा आदानप्रदान गर्ने उद्देश्यले शुक्रबारदेखि