सनराइज बैंकद्वारा वीर र सरुवा रोग अस्पताललाई पिपिई प्रदान



काठमाडौं । सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक र नर्सका लागि कोरना भाइरसको उपचारमा आवश्यक पर्ने व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) २५/२५ थान प्रदान गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उक्त पिपिई वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरी र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा सुशील शर्मालाई शनिबार हस्तान्तरण गरेका बैंकले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सरहानीय रहेको बताउँदै आफूहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको उल्लेख गरे । सनराइज बैंकले सातै प्रदेशमा सक्दो पिपिई सहयोगस्वरुप प्रदान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मकवानपुरमा नन फायलर करदाता घट्दो, बक्यौता सङ्कलन बढ्दो

बागमती । वार्षिक आयकर विवरण र बक्यौता नबुझाउने करदातालाई लक्षित गरी आन्तरिक राजस्व

जलवायु परिवर्तनको असर सुन्तला खेतीमा

म्याग्दी। तीन दशकअघिसम्म लटरम्म सुन्तला फल्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका– ३ मौवाफाँटका नीलकण्ठ सुवेदीको

यस्तो छ विदेशी मुद्राको विनिमयदर

  काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

सिङ्गापुरको सर्वना जुरोङ ग्रुप नेपालको पूर्वाधार र सहरी विकासका क्षेत्रमा लगानी गर्न इच्छुक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी एसियाकै अगुवा संस्था सर्वना जुरोङ ग्रुपका