शेयर कारोबारको समय एक घण्टा थप



काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आइतबारदेखि शेयर कारोबारको समय एक घण्टा थप गरेको छ । नेप्सेले बजारको माग, अन्तर्राष्ट्रिय प्रचलन र लगानीकर्ताको हितलाई ध्यानमा राखेर कारोबार समय बढाएको जनाएको छ ।

बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको बोलकबोल र निरन्तर कारोबार समयलाई १ घण्टा थप गरी ४ बजेसम्म गर्ने व्यवस्था गरेको होे । नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले कारोेबार समय परीक्षणकोे रुपमा थपिएको र यसले बजारमा पार्ने असरको आधारमा फेरि परिमार्जन गर्न सकिने बताए ।

साउदले नेप्सेको कारोेबार समय बढ्दा बजारमा सकारात्मक फाइदा पुग्ने बताए । उनले समय बढाउँदा कारोबार रकम अझ बढ्न सक्ने अपेक्षा गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर। रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र

बगरमा प्याज खेती गर्दै किसान

टीकापुर ।  कैलालीको टीकापुर–८, अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन्

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

परराष्ट्रमन्त्री र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा-दुबई उडानका लागि आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स (युएई) का विदेश,