कैलाशलाई गाभेर प्राइम बैंकले शुरु गर्यो एकीकृत कारोवार



काठमाडौं । पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले गाभ्ने तथा गाभिने प्रक्रियालाई निरन्तरता दिएका छन् । सोही क्रममा बिहीबारदेखि प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोवार शुरु गरेको छ । गत असारमा भएको सम्झौताबमोजिम प्राइमले कैलाशलाई गाभेर एकीकृत कारोवार थालेको हो ।

प्राइमका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले एकीकृत कारोवार शुरु भएको घोषणा गरेका थिए । कार्यक्रममा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीको सहभागिता थियो । कैलाशको १०० कित्ता शेयर बराबर प्राइमको ९४ कित्ता शेयर रहने गरी समझदारी भएको थियो ।

नेपाल राष्ट्र बैंकले फागुन १८ गते प्राइमलाई एकीकृत कारोवार गर्न स्वीकृति दिएको थियो । कैलाशको प्राप्तिपश्चात् प्राइमको कूल चुक्ता पूँजी १३ अर्ब ९७ करोड पुगेको छ । यस्तै कूल निक्षेप एक खर्ब ३० अर्ब, ऋण लगानी एक खर्ब १५ अर्ब पुगेको छ । यसैगरी शाखा सङ्ख्या १९९ र कर्मचारी सङ्ख्या एक हजार ५०० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर। रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र

बगरमा प्याज खेती गर्दै किसान

टीकापुर ।  कैलालीको टीकापुर–८, अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन्

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

परराष्ट्रमन्त्री र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा-दुबई उडानका लागि आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स (युएई) का विदेश,