कच्चा तेलको मूल्य घटेका बेला सस्तोमा किनेर स्टक राख्ने कि ?



नारायण गाउँले ।

कच्चा तेलको मूल्य साठीबाट तीस डलर प्रतिब्यारेलमा आइपुग्यो । सोझो हिसाबले हेर्दा हिजो सय रुपियाँ लिटरमा भरेको तेल आज पचास रुपियाँमैं भर्न पाइनुपर्ने हो ।
तर, तेलको प्रशोधन र ढुवानी मूल्य प्रतिलिटर उति नै पर्ने हुँदा घटेको सबै प्रतिशत पेट्रोल पम्पसम्म आइपुग्दैन । अझ त्यसमाथि विभिन्न शीर्षकका सरकारी करहरू तेलको मूल्यमा नतोकेर प्रतिलिटर यति भनेर तोकिएकाले तेलको मूल्य घटेर सरकारी कमाइ घट्दैन ।

लोककल्याणकारी सरकार हुने हो भने यो घट्दो मूल्यको ठूलो अंश आम उपभोक्तासम्म आइपुग्नुपर्ने हो । किनकि मूल्य बढ्दा भने यो सोझै उपभोक्ताको टाउकोमा आइपुग्छ ।

तेल पानीभन्दा सस्तो बन्दा आम जनतालाई फाइदा दिन सकिएन भने पनि कम्तिमा देशले चाहिँ फाइदा लिनुपर्ने हो । दुईदुई पल्ट नाकाबन्दी बेहोरेको देशले आजसम्म कम्तिमा छ महिनाको स्टक राख्न सक्ने पूर्वाधार बनाउनुपर्ने हो ।

एक अर्ब त एउटा प्रोजेक्टमैं कमिशन माग्न सक्ने नेता छन् । एउटा मात्रै प्रोजेक्टमा आउने कमिशन त्यता लगाएको भए पनि यति सजिलै बन्न सक्थ्यो । आज सस्तोमा किनेर स्टक राख्न सक्ने हो भने व्यापारघाटा उल्लेख्य रूपमा कम त हुन्थ्यो नै, देशको वैदेशिक मुद्रा सञ्चिति पनि सकारात्मक बन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट