एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियर नेपाली बजारमा



काठमाडौं । क्षमादेवी ग्रुपले एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियर नेपालमा भित्र्याएको छ । नेपालका लागि आधिकारिक विक्रेता नियुक्त भएसंगै क्षमादेवी ग्रुपले एल एण्ड टी ब्राण्डका मोडुलर स्वीच र स्वीच गेयरहरु नेपाली बजारमा ल्याएको हो ।

सोल्टी क्राउन प्लाजामा डिलर मिट कार्यक्रमको आयोजना गरी भारतमा उत्पादन भएको उक्त मोडुलर स्वीच तथा स्वीच गेयर सार्वजनिक गरिएको छ ।कार्यक्रममा क्षमादेवी ग्रुपका प्रमुख होमबहादुर बस्नेतले थप बजारको आवश्यकता र मागलाई सम्बोधन गर्न गुणस्तरीय विद्युतीय सामग्री पुर्‍याउने उद्धेश्यले बहुराष्ट्रिय कम्पनी एल एण्ड टी ब्राण्डका मोडुलर स्वीच तथा स्वीच गेयरहरु बजारमा ल्याएको बताए।

एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियरहरु विभिन्न रङ तथा फरक मूल्यमा बजारमा उपलब्ध गराएको कम्पनीले जनाएको छ । ३ लाख पटक अन अफ गर्न सकिने यस स्वीचमा कम्पनीले १२ वर्षको ग्यारेन्टी दिएको छ । स्वीच आधुनिक मोडल, प्रविधिमैत्री र ब्याक्टेरिया फ्री रहेकाले विशेष गरी अस्पताल, ठुला परियोजना तथा होटेल र रेष्टुरेन्टमा प्रयोग हुने कम्पनीले जनाएको छ ।

क्षमादेवी ग्रुपले विगत १० वर्षदेखि नेपाली विद्युतीय बजारमा गुणस्तरीय विद्युतीय तथा बिल्डिङ सामग्रीहरु बिक्रि वितरण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

चिया निर्यातमा हट्यो भारतीय अवरोध, १७ वटा नेपाली ट्रक भन्सार पास

झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात बुधबारदेखि खुला

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य

शेयर बजारमा झिनो अंकको बृद्धि

काठमाडौं । शेयर बजार नेप्से झिनो अंकले बढेको छ । बुधबार नेप्से शून्य