ट्रंक तथा डेडिकेटेड फिडर सरहको शुल्क तिर्न पत्राचार गरेको भन्दै महासंघको आपत्ति



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड फिडर सरहको शुल्क तिर्न उद्योगहरुलाई पत्राचार गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बुटवल भैरहवा औद्योगिक कोरिडर अन्तर्गत विद्युत महशुल दर बढाएर शुल्क बुझाउन पत्राचार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले डेडिकेटेड लाइन र ट्रंक लाइनबाट विद्युत सेवा लिने औद्योगिक व्यापारिक, पर्यटकीय वर्गका ग्राहकहरुले विद्युत खपत गरेबापतको मासिक सेवा शुल्क, डिमान्ड शुल्क र इनर्जि शुल्क बुझाउन भनी ६७ दशमलव ६७ प्रतिशत शुल्क बढाएर तिर्न पत्राचार गरेको भन्दै ध्यानाकर्षण भएको बताए । उनले उद्योगहरुले अतिरिक्त शुल्क तिर्नपर्ने कुनै कानूनी आधारहरु नदेखिएकोले थप विद्युत शुल्क र दस्तुर नलाग्ने दावी गरे ।

नेपाल विद्युत प्राधिकरणले बुटवल भैरहवा औद्योगिक कोरिडरको लाइन ट्रंक लाइन भएको भन्दै गत मंसिरमा उद्योगहरुलाई शुल्क बुझाउन पत्राचार गरेको थियो । तर उद्योगीहरुले कनै ट्रंक तथा डेडिकेटेड फिडर प्रयोग नगरेको भन्दै शुल्क बुझाउन नसक्ने बताउँदै आएका छन् ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले उद्योगहरुले विद्युत महशुल, दस्तुर समय मै भुक्तान गरी छुट सुविधा समेत लिदै आएको अवस्थामा अहिले एकतर्फी रुपमा तीन चार वर्ष देखिको थप अतिरिक्त सेवा शुल्क लाग्ने पत्राचार भएपछि आफुहरु हतास र मर्माहत भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत