गायक दीपक बज्राचार्य र लिकर्सबीच साँगीतिक सहकार्य गर्ने सम्झौता



काठमाडौँ । नेपाल लिकर्स प्राइभेट लिमिटेड तथा गायक दीपक बज्राचार्यबीच साँगीतिक सहकार्य गर्ने सम्झौता भएको छ । सोमबार होटल र्याडीसनमा आयोजित कार्यक्रमकाबीच दुई पक्षीय सम्झौता भएको हो । विगत लामो समयदेखि गायक बज्राचार्यसंग नेपाल लिकर्सले विभिन्न कार्यक्रममा सहकार्य गर्दै आएको थियो ।

झण्डै ३ दशक नेपाली संगीतमा योगदान दिएका गायक बज्राचार्यको नेपाली पप संगीतमा विशिष्ट पहिचान रहको छ ।नपाल लिकर्सले नेपाली कला, संगीत संस्कृतीको प्रबर्द्धनलाई सदैव पहिलो प्राथमिकता दिंदै आइरहेको छ । स्थापनाकाल देखिनै बिभन्न सांगीतिक कार्यक्रम, महोत्सवलाई प्रायोजन गर्दै नेपाल लिकर्सले प्रत्यक्ष सहभागिता जनाउँदै आइरहेको थियो । यसै शिलशिलामा सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरुप गायक बज्राचार्यसंग सहकार्य गरेको जनाइएको छ ।

उक्त समारोहमा नेपाल लिकर्स प्रालिका कार्यकारी अध्यक्ष तथा नेपाली उद्योगी राजेश विर सिंह तुलाधरले नेपाली गीत संगीत हाम्रो पहिचान भएको बताउँदै गायक बज्राचार्यसँगको सहकार्यले थप उत्साहित भएको बताए । ‘यो सहयकार्यले नेपाली संगीतको विकास तथा प्रबद्र्धनमा प्रेरणामूलक तथा महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने हाम्रो विश्वास छ’-उनले भने ।

गुणस्तरको मामलामा वर्षौदेखि नेपालीहरु माझ लोकप्रिय रहेको नेपाल लिकर्स प्रालिले गायक बज्राचार्यसँगको सहकार्यले नयाँ पुस्ताका कलाकारलाई समेत प्रोत्सहित गर्नेछ भन्ने मैले विश्वास लिएको छु’-कार्यकारी अध्यक्ष तुलाधरले बताए । नेपाल लिकर्सले नेपालमा एन्टीकुइटी ब्लु व्हिस्की, सिग्नेचर प्रिमियम व्हिस्की, सिग्नेचर रेएर व्हिस्की, रोयल च्यालेन्ज व्हिस्की, म्याकडोवेल्स व्हिस्की, ब्लु रिब्यान्ड जिनको उत्पादन गर्दै आइरहेको छ । उत्कृष्ट कच्चापदार्थ तथा उच्च स्तरीय प्रविधिबाट अन्तर्रा्ष्टिय स्वाद तथा स्ट्यान्डर्डको मदिरा नेपालमा उत्पादन गर्दै आइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चाडपर्व लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिने

काठमाडौँ । चाडवाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म

नेप्सेमा १८ अंकको बृद्धि

काठमाडौं । दुई दिन लगाता घटेको शेयर बजार नेप्से मङ्गलबार भने दोहोरो अङ्कले

सहकारी सङ्घमार्फत बजारमा दूध बिक्रि गरी करौडौं भित्राउँछन् बागलुङका किसान

बागलुङ । बागलुङका किसानले दूध बिक्री गरेर हरेक वर्ष करोडौँ रुपैयाँ गाउँ भित्र्याउने

सहुलियतपूर्ण ऋण उपलब्ध गराएर सहयोग गर्न विश्व समुदायलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित र विकासशील मुलुकका लागि सहुलियतपूर्ण