पशु बिमा लगायतका कार्यक्रमका लागि १ अर्ब रुपैयाँ भुक्तानी



काठमाडौं । सरकारले व्यवसायीक किसानहरुको प्रोत्साहनका लागि अघि सारेका कार्यक्रमहरुलाई निरन्तरता दिएको जनाएको छ । शनिबार काठमाडौंमा भएको पशुपंक्षी पालक व्यवसायिक कृषि क्षेत्रमा रहेका अवसर र चुनौती विषयक अन्तरक्रियामा पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. चन्द्र ढकालले पशु बीमामा अनुदान लगायतका कार्यक्रमहरुमा निरन्तरता दिएको बताए ।

अहिलेसम्म सरकारले १ अर्ब रुपैयाँ बिमा अनुदानका लागि भूक्तानी गरिसकेको छ । २५ अर्ब बराबरको बीमा भएकोमा २२ अर्ब बराबरको बीमा पशुपंक्षीको मात्रै भएको उनले बताए ।

सरकारले पशुको क्षति न्युनिकरणका लागि पशुबीमा अनुदानको रुपमा ७५ प्रतिशत अनुदान दिँदै आएको छ । व्यवसायीक किसानहरुलाई कुनै पनि प्रकारको गाडी खरिदमा भन्सार छुट दिएको छ । १ सय भन्दा बढी गाईंभैसी पालिरहेका किसानहरुले यो अनुदान पाउने उनले बताए ।

पशु सेवा विभागका महानिर्देशक डा. बंशी शर्माले सरकारले बाहिरबाट आउने पशुपंक्षीलाई क्वारेन्टाइन चेकजाँचमा कडाई गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

चिया निर्यातमा हट्यो भारतीय अवरोध, १७ वटा नेपाली ट्रक भन्सार पास

झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात बुधबारदेखि खुला

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य

शेयर बजारमा झिनो अंकको बृद्धि

काठमाडौं । शेयर बजार नेप्से झिनो अंकले बढेको छ । बुधबार नेप्से शून्य