सुनको भाउ तोलाको ८० हजार नाघ्यो



काठमाडौं । सुनको भाउ तोलाको ८० हजार नाघेको छ। सोमबार तोलामा एकैपटक १५ सय रुपैयाँ बढेर सुन तोलाको ८० हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। लगातार बढिरहेको सुन हिजो तोलाको ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

कोरोना भाइरसको संक्रमणका कारण विश्वव्‍यापीरूपमा व्यापारमा मन्दी आएपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन्। भाउ बढेपछि नेपालमा सुनको कारोबार झण्डै ७० प्रतिशतले गिरावट आएको छ। सोमबार चाँदीको भाउ पनि बढेको छ। तोलामा ५ रुपैयाँ बढेर आज चाँदी ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

  ललितपुर ।  काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा