हिमालयन बैंकको २२ प्रतिशत लाभांश पारित



काठमाडौं । हिमालयन बैंकले आफ्ना शेयरधनीलाई २२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । सो बैंकको बुधबार सम्पन्न २७औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (करसहित) पारित गरेको हो ।

बोनस शेयरको वितरणपश्चात् बैंकको चुक्ता पूँजी नौ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४२८ पुग्ने बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले जानकारी दिनुभयो । २७ वर्षदेखि वित्तीय सेवा दिँदै आएको बैंकले आव २०७५÷७६ मा एक खर्ब १३ अर्ब नौ करोड निक्षेप सङ्कलन र ९८ अर्ब २० करोड ६३ लाख कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३.३८ र १३.०८ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा ६ अंकको बृद्धि

काठमाडौं । शेयर बजार बुधबार पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक

तीन वर्षपछि क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ उडान सुरु गर्दै

काठमाडौं । कोभिड–१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले

अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै

लमजुङ । लमजुङमा यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ । लामो समयदेखि कोरोना

बझाङमा दुई वडावासीलाई तरकारी खुवाउँदै प्रकाश

बझाङ । बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइ साढे