सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरेर गरिने विज्ञापनमा कडाइ



काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरेर गरिने विज्ञापनमा कडाइ गरेको छ ।

फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा ‘बुस्ट’ गरेर विज्ञापन गर्दा अवैधानिक तरिकाले भुक्तानी भएको भन्दै राष्ट्र बैंकले सामाजिक सञ्जालमा विज्ञापन नगर्न सचेत गराएको हो ।

अब सामाजिक सञ्जालमा विज्ञापन गरी रकम भुक्तानी गरे मुद्रा अपचलनको मुद्दा लाग्ने राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले गैर कानूनी तरिकाले सामाजिक सञ्जालमा विज्ञापन भइरहेको र ठूलो रकम अवैधानिक च्यानलबाट विदेश भएको भन्दै यस्तो निर्णय गरिएको जानकारी दिए ।

‘सामाजिक सञ्जालमा गरिएका विज्ञापन वापत विदेशमा भुक्तानी पठाउने र विदेशबाट रकम प्राप्त गर्ने जुन चलन छ त्यो गैर कानूनी हो’ मिश्रले भने, ‘यसरी भुक्तानी गरे विदेशी विनिमय -नियत गर्ने) ऐन अनुसार कारबाही हुने जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न अर्थ मन्त्रालयको निर्देशन

  काठमाडौँ । वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना

४३ किसानको आशाको बारी हो सहेँलाको फाँट

  बागलुङ । तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फल दिन थालेका छन् ।

राज्यका अगाडि देखिएका चुनौती समाधान गर्न सक्ने छौंः अर्थसचिव पुस्कर

काठमाडौँ । नवनियुक्त अर्थसचिव डा कृष्णहरी पुस्करले अहिले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका

किन घट्यो दाङमा टिमुर उत्पादन ?

  दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९