नेपाल इन्भेष्टमेण्ट बैंकले शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३३ औ साधारणसभाले सञ्चालक समितिले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । त्यस्तै साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ को संचित मुनाफाबाट शेयर पूँजीको १० दशमलव ५ प्रतिशत बोनस शेयर र ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।

बोनस पारित भएसँगै बैंकको चुक्तापूँजी १४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वित्तीय विवरण अनुसार असार मसान्त सम्म कुल निक्षेप ८ दशमलव ४५ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब पुगेको छ भने कर्जा लगानी ५ दशमलव २३ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको छ ।

त्यस्तै बैंकको खराब कर्जा अनुपात २ दशमलव ७८ प्रतिशत रहेको छ । बैंकले ८२ वटा शाखा कार्यालय, १६ वटा एक्टेन्सन काउन्टर, १० वटा राजश्व संकलन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सुविधा र १२४ वटा एटिएम काउन्टर मार्फत बैंकिङ सेवा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थतन्त्रको आकार केही बढ्ने

काठमाडौं । नयाँ आधार वर्ष लागू भएपछि हालको अर्थतन्त्रको आकार केही बढ्ने अनुमान

प्रधानमन्त्रीद्वारा सुनकोसी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास

सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धिमा अगाडि बढ्ने भएकाले पछाडि फर्कने

नेप्से उच्च अङ्कले वृद्धि

काठमाडौं । लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार

बुद्धएयरले जनकपुर–अयोध्या उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्धएयरले धार्मिक पर्यटन प्रवद्र्धनार्थ