बुढानीलकण्ठ बिजनेस बचत तथा ऋण सहकारी संस्थाको नयाँ संचालक समितिको नेतृत्वमा लावती



काठमाडौं । बुढानीलकण्ठ बिजनेस बचत तथा ऋण सहकारी संस्था (बीबीसी) ले नयाँ नेतृत्व चयन गरेको छ ।

बुढानीलकण्ठ स्कूलका भूतपूर्व विधार्थाहरुले संचालन गरेको सहकारी संस्था, बीबीसीको शनिबार काठमाडौंमा सम्पन्न दशौं साधारण सभाले सगुन सुन्दर लावतीको नेतृत्वमा नयाँ संचालक समिति निर्वाचित गरेको हो ।

संस्थागत जिम्मेवारीलाई मन, वचन र कर्मले पूरा गर्ने वचनवद्धता व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष लावतीले भने, ‘सहकारी सिद्धान्त अनुरुप सामूहिक उर्जालाई केन्द्रबिन्दूमा राखेर बीबीसीलाई नयाँ उचाईमा पुर्याउनेछौं । अनुशासन र पारदर्शीतालाई मूलमन्त्र मानेर आर्थिक परीचालनका साथसाथै अन्य अवसर र संभावनाका खोजी गर्नेछौं ।’

संचालक समितिमा उपाध्यक्ष राकेश वैद्य, सचिव बोलाराम पाण्डे, कोषाध्यक्ष अनुप लाल मानन्धर, सदस्यहरुमा हेमेन्द्र बोहरा, इन्द्र रबी श्रेष्ठ र दिपराज सन्याल निर्वाचित भएका छन् ।

दशौं साधारण सभालाई सम्बोधन गर्दै कामपा, वडा नं २२ का अध्यक्ष चिनकाजी महर्जनले सहकारी आन्दोलनको आदर्श अनुरुप आर्थिक विकासको प्रचुर संभावनालाई उपयोग गर्न बीबीसीलाई शुभकामना दिए । ‘केवल ऋण र असुली मात्र नभएर, सहकारीको मूल मर्म ध्यानमा लिएर सहकार्यका अन्य क्षेत्रमा समेत क्रियाशील रहनु वाञ्छनीय हुनेछ,’ उनले भने ।

बुढानीलकण्ठ स्कूलका भूतपूर्व विधार्थीहरुको संगठन, सेब्सका अध्यक्ष राष्ट्रभूषण खड्काले बीबीसीले समग्र समाज र बुढानीलकण्ठ स्कूलका भूतपूर्व विधार्थीहरुको आवश्यकता र आकांक्षालाई प्रभावकारी रुपमा सम्बोधन गर्दै जानेछ भन्ने आशा व्यक्त गरे ।

साधारण सभाले सुजन ध्वज जोशीको संयोजकत्वमा लेखा समिति समेत चयन गरेको छ । लेखा समितिका सदस्यहरुमा ज्ञोनन्द्र राज पाण्डे र विजय माली रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी दर्ता

सर्लाही । सर्लाहीमा मिटरब्याजी (अनुचित लेनदेन) विरुद्ध एक हजार नौ सय २० उजुरी

पर्यटक आगमनमा उल्लेख्य वृद्धि

काठमाडौं । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा

२५ सार्वजनिक संस्थान नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य 

काठमाडौं । सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७

‘ब्रोडब्यान्ड इन्टरनेट’ सेवा ६ हजार सात सय ४३ वडामा

  काठमाडौं । सरकारले सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा त्यसको पहुँच विस्तार गर्दै