अर्थविद भन्छन् -पहुँचवालाका कारण अर्थतन्त्र संकटमा



काठमाडौं । अर्थविद्हरुले पहुँचवालाहरुले जुनसुकै समयमा योजना फेरिदिने र भुक्तानी लिने प्रवृतिले गर्दा अर्थतन्त्र संकटमा रहेको बताएका छन् । संसदको अर्थ समितिको बुधबारको बैठकमा अर्थविद्हरुले बजेट निर्माण गर्नुभन्दा अघि दौडधुप हुने र बजेटपछि पनि पहुँचवालाहरुले योजना फेरिदिने प्रवृतिले अर्थतन्त्र संकटमा परेको बताएका हुन् ।

अर्थविद् डा. कृष्णराज पन्तले पहुँच हुनेहरुले मनलाग्ने वितिक्कै वर्षको बीचमै योजना फेरिदिने तथा बजेट निर्माणका समयमा पनि आफ्नो परियोजना समावेश गर्न दौढधुप गर्ने प्रवृतिले बजेट खर्चमा समस्या हुने गरेको बताए ।

उनले मन्त्रीले आफ्नो अनुकुलको योजनाहरु बनाउने र योजनाको सहि मूल्याङ्कन नहुँदा बजेट खर्च कम हुने अवस्था आएको बताए । अर्थविद् डा. डिल्लीराज खनालले सरकारले खर्चगर्नका लागि आम्दानीको स्रोत आर्थिक वर्षको सुरुदेखि नै खोज्नुपर्ने बताए ।

उनले वर्षको अन्त्यमा राजश्व संकलन बढाउने र भुक्तानी दिने खालको प्रवृति हटाउनुपर्ने बताए । अर्थविद् विश्वम्भर प्याकुरेलले सन् २०१५/१६ मा ५५ प्रतिशत भएको पूँजीगत खर्च गत वर्ष घटेर ३८ प्रतिशतमा झरेको भन्दै सरकारले बजेट खर्च बढाउन नसकेको बताए । उनले यस वर्षको छ महिनामा १० प्रतिशत मात्र पूँजीगत खर्च हुने अवस्था आएको भन्दै यस्तो अवस्थामा सुधार ल्याउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरोपका शहरमा सिधा हवाई उडानबारे फ्रान्सेली राजदूतसँग छलफल

काठमाडौं । नेपाल र फ्रान्सबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्य गर्नेबारे कुराकानी भएको

परम्परागत नीति नियममा समयानुकूल परिमार्जन गर्न ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दू्रत आर्थिक

अब निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टर पनि

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाली मौलिक उत्पादन

नयाँ सार्वजिनक खरिद ऐन ल्याउने सरकारको तयारी

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजिनक खरिद