ग्लोबल आइएमई र जनता बैंकबीच एकता, एकीकृत सेवा सुरु



काठमाडौँ । ‘क’ वर्गका दुई वाणिज्य बैङ्क ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क आपसमा मर्जर भएका छन् । शुक्रबार काठमाडौंमा एक समारोहको आयोजना गर्दै बैङ्कले एकीकृत कारोबार शुरु भएको घोषणा गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले पहिलो बिग मर्जरको रुपमा ग्लोबल आईएमई बैङ्कको एकीकृत कारोबार औपचारिक रुपमा उद्घाटन गरेका छन् । मर्जरपछि ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो बैङ्क समेत बनेको छ । मर्जरपछि बैङ्कको चुक्तापुँजी २० अर्ब माथि पुगेको छ ।

यसअघि रहेको बैङ्कको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार र जनता बैङ्कको चुक्तापूँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ मर्जरसँगै एकीकृत कारोबार पश्चात वृहत पुँजी संकलन भएको हो । चुक्तापुँजीका आधारमा मात्रै नभइ ग्लोबल बैङ्क निक्षेप संकलन र कर्जा प्रवाहमा समेत सबैभन्दा ठूलो वित्तीय कम्पनी बनेको छ ।

मर्जरपछि ग्लोबल आइएमइ बैङ्कको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब र कर्जा लगानी २ खर्ब रुपैयाँ पुगेको छ । हाल अरु सबै वाणिज्य बैङ्कको संकलित निक्षेप र प्रवाहित कर्जाको आकार २ खर्बभन्दा मुनि छ ।

मर्जर पछि बैङ्कको शाखा कार्यालय ३०० माथि पुगेको छ भने, बैङ्कका एटीएम २ सय ५६, शाखारहित बैंकिङ सेवा २ सय ४१, ३३ एक्सटेन्सन र बैङ्कका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी पुगेको ।

बैङ्कको सेयर सदस्य तीन लाख माथि रहेको बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाले जानकारी दिएका छन् । राष्ट्र बैङ्कको नीति अनुरुप ग्लोबल र जनता बैङ्कबीच मर्जरका लागि गत असार २० गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका

बजेट लेखनको अन्तिम तयारीमा अर्थ मन्त्रालय

काठमाडौँ, ८ जेठ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनको अन्तिम तयारी

नेप्सेमा ९ अर्ब ८२ करोडको कारोबार

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से बढेको छ

आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्राथमिकतामा राखी आयकरमा ४० प्रतिशत छुट दिन निजी क्षेत्रको माग

काठमाडौँ । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र