पेट्रोल र डिजेलमा दुई/दुई रुपैयाँ मूल्य वृद्धि



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले सोमबार वृद्धि गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनले आफूहरुले दशैँ, तिहार छठलगायत चाडपर्वका अवसरमा अन्तर्राष्ट्रिय जगतमा मूल्य वृद्धि भए पनि पुरानै मूल्य कायम गरिएको बताउँदै नयाँ मूल्यदरबाट हाल भारतीय सीमामा प्रतिलिटर २० मूल्यान्तर रहेकामा १८ रुपैयाा मूल्यान्तर हुने जनाए । हाल पेट्रोलका प्रतिलिटर १०७ रुपैयाँ र डिजेल ९५ रुपैयाँ थियो । उक्त मूल्य गत साउन २२ गते निर्धारण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तरदेशीय डिजिटल कारोबारले पेमेन्टमा थप सहयोग पुग्छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष नेपाल भारत–अन्तरदेशीय डिजिटल कारोबारसम्बन्धी

पन्ध्र मुर्रा राँगाबाट एक लाख भैँसीमा नश्ल सुधार गरिने

काठमाडौं । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक

वार्षिक साढे सात अर्बको काठ आयात

काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक बजेटमार्फत राष्ट्रिय, सामुदायिक तथा निजी वनको व्यवस्थापनबाट

हिमालयन ट्राभल मार्टमा २५ देशको प्रतिनिधित्व हुने

काठमाडौं । पर्यटन प्रबर्द्धनका लागि यही जेठ २३ देखि २६ सम्म काठमाडौँमा हिमालयन