वीरेन्द्र बने आइएमई बम्पर बिजेता



काठमाडौं । बैंकिङ च्यानलबाट रेमिट्यान्स भित्र्याउँदै आएको आइएमई लिमिटेडले दशैंका अवसरमा ल्याएको ‘दशैंमा डबलको डबलको डबल’ अफरको बम्पर बिजेता सप्तरीका वीरेन्द्र खङ्खत्वे बनेका छन् । आइएमईले काठमाडौंमा बिहीबार एक कार्यक्रम गरी लक्कि ड्र मार्फत बिजेता घोषणा गरेको हो ।

बिजेता खङ्खत्वेले आइएमई मार्फत ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए । उनले बम्पर अफर मार्फत पठाएको रकमको आठ गुणा ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ जितेका छन् । कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएईले ल्याएको यस्तो योजनाले विदेशमा बसेर कमाएको रकमलाई बैंकिङ प्रणालीमार्फत देशमा भित्र्याउन सहयोग पुगेको बताए ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले यस वर्षको स्किममा सेवाग्रहीको उल्लेख्य सहभागिता रहेको बताए । ब्राण्ड एम्बास्डर दीपकराज गिरीले आइएमईले ल्याएका विभिन्न अफरहरुका कारण आइएमई सफल ब्राण्ड बनेको बताए ।

आइएमईले यसवर्षको दशैंमा डबलको डबलको डबल अफर अन्तर्गत दैनिक लक्की ड्र मार्फत ११ हजार ९ सय ३१, साप्ताहिक लक्की ड्र मार्फत २२ जना, मासिक लक्की ड्र मार्फत ४ जना र बम्पर लक्की ड्र मार्फत १ जना सेवाग्राहीलाई बम्पर उपहार उपलब्ध गराएको हो । आइएमईले गत भदौ १५ गते देखि कात्तिक मसान्त सम्मका लागि उक्त अफर सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिवेणी समूहबाट २२ वर्षदेखिको कर असुल्ने ६ पालिकाको निर्णय

झापा । नेपाल चिया विकास निगमको सात वटा चिया बगान र कारखाना सम्झौता

तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको

नेप्सेमा १० अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ ।

बन्दीपुर केबलकारले आइपिओ निष्कासन गर्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ