उर्जा क्षेत्रमा लगानी बढाउनका लागि उर्जा सम्मेलन



काठमाडौं । नेपालमा उर्जा क्षेत्रमा लगानी बढाउनका लागि काठमाडौमा उर्जा सम्मेलन सुरु भएको छ ।

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान)ले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आर्थिक विकासका लागि उर्जाको विकास अनिवार्य भएको बताए । त्यसका लागि लगानी सुरक्षण गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए ।

अहिले ५ हजार मेगावाट विद्युत उत्पादन गर्ने परियोजनाहरुको निर्माणको काम भइरहेको बताउँदै देशभित्र कुल १ हजार ३ सय २० मेगावाट मात्र विद्युतको माग रहेको जानकारी दिए । त्यसैले सरकारको लक्ष्य अनुसार उत्पादन भएमा भारत र बंगलादेशको बजार महत्वपूर्ण हुने भनाई उनको थियो ।

इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले उर्जा क्षेत्रमा लगानी बढाउन र बजारको खोजी गर्न सम्मेलन प्रभावकारी हुने बताए ।

सम्मेलनमा क्षेत्रीय विद्युत् व्यापार, विद्युत् बजार, नियमन, वित्तीय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघियतामा ऊर्जा परियोजनाहरु सञ्चालन र सहजीकरण, ऊर्जामा लगानी तथा आयोजना प्रदर्शनी जस्ता विषयमाथि छलफल हुने छ ।

सम्मेलनमा नेपाल, भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, कयानडा, नर्वे लगायतका देशहरुबाट ७ सय भन्दा बढीको सहभागिता रहेको छ । सम्मेलन शुक्रबार सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवन राष्ट्रिय निकुञ्जभित्रको सफारीका लागि नयाँ मार्ग

नवलपरासी । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि नवलपुरबाट बिहीबार नयाँ मार्गको सुरुवात

तल्लो सेती आयोजनाका लागि बोलपत्र आह्वान गर्ने तयारी

दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माणकार्य

हेटौँडा सिमेन्टको उत्पादन बन्द

हेटौंडा । सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको

कुखुराको अवैध आयात रोक्न व्यवसायीको माग

झापा । अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको