प्रधानमन्त्रीद्वारा सिंहदरबारबाट स्वीच थिचेर त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उद्घाटन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रैबाट ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना उद्घाटन गरेका छन् ।

रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयबाट स्वीच थिचेर उद्घाटन गरेका हुन् ।

काठमाडौंमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका५ सिम्लेबाट एकसाथ उदघाटन गरेका हुन् ।

आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो । सोमबार उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ ।

यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु, १९९३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा राजस्व विभागको माइकिङ

काठमाडौं । काठमाडौं महानगरपालिकालाई घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा

कक्षा १२ को परीक्षाअगावै विद्यार्थीलाई खोप दिन संसदीय समितिको सुझाव

काठमाडौँ । संसदीय समितिले कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि खोपको व्यवस्था गर्न सरकारलाई

पुनर्बहालीको माग गर्दै पूर्वमाओवादीका चार नेताद्वारा सर्वोच्चमा रिट

काठमाडौँ । संसदीय समितिले कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि खोपको व्यवस्था गर्न सरकारलाई