नेपाल बैंकको काम कारबाहीप्रति अर्थमन्त्री सन्तुष्ट



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल बैंक लिमिटेडको काम कार्वाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।

बैंकको ८३ औं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले नेपाल बैंक लिमिटेड अनुशासित, आधुुनिक, प्रतिस्पर्धी र २१ औं शताब्दीको वाणिज्य बैंकहरुमा हुनुपर्ने गुणले युक्त भएको बताए ।

उनले बैंक तथा वित्तिय संस्थाहरु आधुनिक प्रविधिमैत्री हुँदै गएकोमा खुुसी व्यक्त गरे । ‘एक समय आफू गभर्नर हुँदा नेपाल राष्ट्र बैंकमा अनलाईन सेवा सुरु गर्ने निर्णय गर्दा कर्मचारीहरुले विद्रोह नै गरेका थिए,’ अर्थमन्त्री खतिवडाले भने,‘ त्यस अवस्थालाई हेर्दा बैंकहरुले हाल प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको देखिन्छ ।’

अर्थमन्त्रीले कर्जा प्रवाहमा भने सन्तुलित व्यवहार गर्न पनि सबै बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराए । कार्यक्रममा नेपाल राष्ट्र बंंैकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरे ।

मुलुकको समृद्धिका लागि विनाधितो विभिन्न सहुलियतपूर्ण कर्जा कार्यक्रम सुरु गरेपनि त्यसलाई बैंकहरुले प्रभावकारी ढंगले अघि बढाउन नसकेकोमा उनले असन्तुष्टि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७ प्रतिशत

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा

आगामी आर्थिक वर्षको कार्ययोजनासहितको विवरण पेस गर्न बीमा प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल बिमा प्राधिकरणले जीवन बीमा  कम्पनी र लघुजीवन बिमा कम्पनीलाई एक

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

भैरहवा । नेपालमा उत्पादित स्टिलजन्य उत्पादन एक महिनादेखि भारत निर्यात हुन सकेको छैन