सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मको ऋण प्रवाह गर्ने



काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मको ऋण प्रवाह गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई बढीमा एक करोडसम्मको ऋण प्रवाह गर्ने तयारी गरिएको जानकारी दिएका हुन् ।

शुक्रबार गैरसरकारी संस्था महासंघ, नेपाल, उपभोक्ता महासंघ, कर्मचारी संचय कोषलगायतका पदाधिकारीहरुसँगको सामूहिक छलफलमा उनले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरुको मागलाई ध्यानमा राखेर सरकारले उनीहरुलाई घरजग्गा वापत बढीमा १ करोड र शैक्षिक कर्जा बापत बढीमा ३५ लाख ऋण प्रवाह गर्ने कार्यविधि तय गरी मन्त्रालयमा छलफल भईरहेको बताए ।

मन्त्री विष्टले ऋण प्रवाहको सो विधि सामाजिक सुरक्षा कोषको अवधारणासँग मेल नखाएपनि विभिन्न निकायले दिएको सुझावको आधारमा सरकारले कोषमार्फत् ऋण प्रवाह गर्ने सोचलाई अघि बढाएको बताए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जितराम लामाले सामाजिक सुरक्षा कार्यक्रम अनौपचारिक क्षेत्रमा काम गर्नेहरुका लागि अति उपयोगी भएको उल्लेख गर्दै त्यसको प्रचार अभियानमा जोड दिन सरकारलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा पोलियो खोपको दोस्रो चरण ‘अझ जटिल’

  संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त गाजामा लाखौँ बालबालिकालाई पोलियो खोपको आवश्यक दोस्रो मात्रा दिन

यस्तो छ विदेशी मुद्राको विनिमय दर

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

दसैँलाई कोसेली मुस्ताङी स्याउ

म्याग्दी । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद र मान्यजनकहाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण