सनराईज बैंकले तीन अर्बको ऋणपत्र जारी गर्ने



काठमाडौं । सनराईज बैंकले व्यापार विस्तारका लागि थप तीन अर्बको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुककै पूँजी बजारको विस्तारका लागि बुधबारबाट सो रकम बराबरको ऋण पत्र निश्कासन गर्ने जानकारी गराएको हो ।

वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदरमा ऋण पत्र जारी हुँदैछ । निरन्तर उच्च प्रतिफल लिईरहने ग्राहकका लागि सो ऋण पत्र अति उपयोगी हुने बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताए ।

बैंकको ऋण पत्र ७ वर्ष अवधिको हुनेछ । त्यसको ब्याजको भुक्तानी ६/६ महिनामा गर्ने योजना पनि तय गरिएको बैंकले जनाएको छ ।

बैंकका ऋण पत्र चाँडोमा कार्तिक २४ गते र त्यस भित्र विक्री नभएमा मंसीर १९ गतेसम्म विक्री खुला हुने समय पनि निर्धारण गरिएको छ ।

ऋण पत्रको निष्काशन तथा विक्री प्रबन्धक भने सिद्धार्थ क्यापिटल रहेको छ । ऋण पत्रका लागि बैंकको सबै कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था पनि गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटक आगमनमा उल्लेख्य वृद्धि

काठमाडौं । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा

२५ सार्वजनिक संस्थान नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य 

काठमाडौं । सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७

‘ब्रोडब्यान्ड इन्टरनेट’ सेवा ६ हजार सात सय ४३ वडामा

  काठमाडौं । सरकारले सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा त्यसको पहुँच विस्तार गर्दै

शाखा विस्तारसँगै बैंङ्कि कारोबार गर्ने जनसंख्या उल्लेख्यबृद्धि

काठमाडौं । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच