डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न समिति गठन गरिएको छ । आज बिहान नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको अध्यक्षतामा बसेको राष्ट्र बैंक बोर्ड बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

राष्ट्र बैंक सञ्चालक समिति सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा गठित समितिमा राष्ट्र बैंककै सञ्चालकद्वय सुवोधकुमार कर्ण र रामजी रेग्मी सदस्य छन् । समितिले प्रतिवेदन बुझाएपछि सोही प्रतिवेदनका आधारमा आवश्यक कारवाही हुने बताइएको छ ।

श्रेष्ठमाथि छानबिन गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्बाट नै भइसकेको भन्दै आइतबार अर्थ मन्त्रालयले राष्ट्र बेंकलाई पत्राचार गरेको थियो ।

श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका आरोप छ । श्रेष्ठले भने उनीमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिवेणी समूहबाट २२ वर्षदेखिको कर असुल्ने ६ पालिकाको निर्णय

झापा । नेपाल चिया विकास निगमको सात वटा चिया बगान र कारखाना सम्झौता

तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको

आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु

 नेपाली काँग्रेसबाट अलग भएको घोषणा वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को

नेप्सेमा १० अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ ।