कमलादीमा खुल्यो हिमालयन क्यापिटल लिमिटेड



काठमाडौं । काठमाडौंको कमलादीमा हिमालयन क्यापिटल लिमिटेड नामक वित्तिय संस्था स्थापना गरिएको छ । हिमालयन बैंक लिमिटेडले पूँजी बजारको दिगो विकास गर्ने उद्देश्यका साथ शुक्रबारबाट कारोबार हुने गरी सो वित्तिय संस्था संचालनमा ल्याएको हो ।

आजबाटै वित्तिय कारोबार सुरु हुने गरी स्थापना गरिएको सो संस्थाको मूख्य उद्देश्यका पूँजी बजारको दिगो विकासका लागि बैंकिङ सेवा प्रदान गर्नु रहेको सो वित्तिय संस्थाका अध्यक्ष सुशील जोशीले जानकारी दिए ।

पूँजी बजारको विकासले गति लिन थालेपछि हिमालयन बंैकले सो वित्तिय संस्था स्थापना गरेको हो । पूँजी बजारको दिगो विकास गरी मुलुकका लागि बाह्य लगानी जुटाउन पनि सो वित्तिय संस्था स्थापना गर्नु परेको हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हेटौँडा सिमेन्ट उत्पादन हुन एकसाता लाग्ने

हेटौंडा । हेटौँडा सिमेन्ट उद्योगको विद्युतीय उपकरणको मर्मतसम्हार गरेर सिमेन्ट उत्पादन गर्न अझै

मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रचण्ड र ओलीलाई महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा

सिम्लेमा फल्यो पाँच करोडको सुन्तला

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर १ सिम्लेमा मात्रै पाँच करोडको

योजना आयोगद्वारा समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक