दैलेखमा पेट्रोलियम अन्वेषणको दोस्रो चरणको काम शुरु हुँदै



दैलेख । नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायतका क्षेत्रहरुमा दोस्रो चरणको अन्वेषणको कार्य शुरु हुने भएको छ ।

यसपालिको अन्वेषणबाट कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन भू–भागमा रहेको छ भन्ने कुराको निस्कर्ष निकालिने बताइएको छ । चीन सरकारको विशेषज्ञ टोली दशैँअघि दोस्रोपटक दैलेख आएको छ ।

उत्खनन कार्यका लागि आवश्यक पर्ने इन्धनलगायतका सामानहरुको व्यवस्थापनसँगै उत्खनन समयमा विशेषज्ञ टोली बस्ने स्थानको समेत छनोट भइसकेको छ । टोलीले प्रजिअ, दैलेखका सांसद, निर्वाचित जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गरेर काठमाडौँ फर्केको र दशैँ सकिएलगत्तै काम शुरु हुने बताएको छ ।

असार २६ गते औपचारिक उद्घाटनसँगै दैलेख आएको चीन सरकारको विशेषज्ञ टोली करीब १५ दिन अनुसन्धान गरेर फर्केको थियो । उक्त समयमा दैलेखका विभिन्न भू–भागहरुको स्थलगत अध्ययनसमेत गरिएको थियो ।

पुनः असोज दोस्रो सातामा टोली दैलेख आएर अन्वेषणका लागि आवश्यक पर्ने विषयहरुमा छलफल गरेको प्रजिअ युवराज कट्टेलले जानकारी दिए ।

दोस्रो चरणको अन्वेषणका लागि चीनबाट आवश्यक सामग्रीहरु दशैँलगत्तै काठमाडौँ आउने र सामग्रीसहित दशैँपछि टोली दैलेख आउने भएको अन्वेषण परियोजनामा संलग्न गणेशराज त्रिपाठीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकको रोजाइमा पर्दै पटिहानी

भरतपुर । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो ।

रसुवागढी-केरुङ नाकामा दुईतर्फी पूर्णरूपमा सञ्चालन गर्ने सहमति

काठमाडौं । रसुवागढी/केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति

ऋण लिदा लिने शुल्कका बारेमा राम्रोसँग बुझौंः राष्ट्र बैंक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा लिने शुल्कका

मौरीमा आत्मनिर्भर बन्दै मालारानीका कृषक

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मर्निभर हुन थालेका