बाहिरी चक्रपथ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई



काठमाडौं । लगानी बोर्डको ४०औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रस्ताव पेश गरी सक्षिप्त सूचीकरणमा परेकामध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिएको हो ।

बैठकले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजना विकास गर्न ‘जुरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

दुवै परियोजनाका लागि ती कम्पनीले ४५ दिनभित्र परियोजना विकासको प्रस्ताव पेश गर्नुपर्ने छ । बैठकले पश्चिम सेती तथा एसआर छ संयुक्त जलविद्युत् परियोजना, तल्लो अरुण जलविद्युत् परियोजनाका लागि प्रस्ताव पेश गर्नेमध्ये सङ्क्षिप्त सूचीकरण छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा अलगअलग समिति गठन गरेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन र सुधारबारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकको सूचीसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले भने, “सबै काम समयमा योजनाबद्धरुपमा सम्पन्न हुनुपर्छ, मन्त्रालय र निकायले एकार्कामा समन्वय गर्नुपर्छ, त्यसका लागि चाँडो प्रतिवेदन प्राप्त होस् ।” बैठकमा बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले अघिल्लो बैठकका निर्णय र प्रगतिबारे प्रस्तुति गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दिल्ली पुगेर प्रधानमन्त्रीले भने-विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न सरकार क्रियाशील छ

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले बुधबारदेखि सुरु गरेको भारत भ्रमण सद्भावना

प्रधानमन्त्री र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीका

विश्व बैंकद्वारा विद्यालय क्षेत्र सुधारका लागि नेपाललाई ऋण र अनुदान गरी १८ अर्ब सहयोग

  काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच  १५ अर्ब ८४ करोड (अमेरिकी

घान्द्रुकमा अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव सुरू

गण्डकी । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा तेस्रो