काठमाडौं । विवाहित महिलामुखी सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल २०२६ को आवेदन खुला गरिएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक रिबन इन्टरटेनमेन्टले प्रतियोगिताको आवेदन प्रक्रिया सुरु भएको जानकारी दिएको हो ।
आयोजकका अनुसार आवेदन खल्ती एपमार्फत वा रिबन इन्टरटेनमेन्टको वेबसाइटमा रहेको फारममार्फत भर्न सकिनेछ । पत्रकार सम्मेलनमा रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यस वर्ष प्रतियोगितामा नयाँ शीर्षक ‘मिसेस् नेपाल कस्मो’ थपिएको जानकारी दिए । यसको अडिसन साउन २३ गते हुनेछ भने ग्रान्ड फिनाले कात्तिक १४ गते हुनेछ ।
झाका अनुसार प्रतियोगितामा २१ देखि ५० वर्ष उमेर समूहका महिलाले सहभागी हुन सक्नेछन् । उचाइ र तौलको कुनै मापदण्ड नरहेको उनले बताए । प्रतियोगितामा विवाहित, सम्बन्धविच्छेद भएका तथा एकल महिला सबैले सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया