सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्‍यो प्रदर्शनको एक सय दिन



काठमाडौँ । नेपाली फुटबलकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जिवनीमा आधारित चलचित्र ‘अञ्जिला’ ले सात चलचित्र भवनमा एक सय दिन पूरा गरेको छ ।

काठमाडौँको क्युएफएक्सको सामाखुसीस्थित सिटीस्क्वायर मल, कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स, इटहरीको एलाइट सिनेमा, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवनको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा प्रदर्शनको १०० दिन पूरा गरेको निर्देशक मिलन चाम्सले जानकारी दिए ।

चाम्ले भने, ‘हामीले जुन सोचका साथ चलचित्रको निर्माण सुरुआत गरेका थियौँ, त्यो आज पूरा भएको छ । खेलाडीको जीवनीमा आधारित चलचित्रलाई दर्शकले दिनुभएको माया अमूल्य छ, यसले आउँदो दिनमा अन्य खेलाडीको कथामा चलचित्र बनाउन प्रेरणा दिएको छ । कप्तान सुब्बाको घर बनाउने सपना पनि पूरा हुँदैछ, हामी चाँडै जानकारी दिनेछौँ ।’

चलचित्रमा स्वयं कप्तान सुब्बाले आफ्नो भूमिका निर्वाह गरेकी छन् । उनीसँगै चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठले अभिनय गरेका छन् । उक्त चलचित्र गत वर्ष विसं २०८१ फागुन २९ गतेदेखि प्रदर्शन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गेश थापा र सिसन बानियाँको ‘जाने भए जाम माया’

काठमाडौं । दुर्गेश थापाले सिसन बानियाँसँग सहकार्य गरेको नयाँ गीत ल्याएका छन् ।

‘माग्ने राजा’को पहिलो गीत ‘त्यो मिठो जोवन’

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार

एलिनाले भनिन्,-गाली गरेर टिप्पणी गर्नेहरु माफ मागिरहेका छन्

काठमाडौं । ‘पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था

राष्ट्रभाव झल्कने सातै प्रदेशका गीत सार्वजनिक

काठमाडौँ ।  नेपाल सङ्गीत तथा नाट्य–प्रतिष्ठानले राष्ट्रियता झल्किने सात प्रदेशका उत्कृष्ट सात गीत