ऋषि लामिछानेको निर्देशनमा ‘माग्ने राजा’ निर्माण हुने



काठमाडौं । निर्देशक ऋषि लामिछानेको निर्देशनमा फिल्म ‘माग्ने राजा’ निर्माण हुने भएको छ । फिल्ममा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ प्रमुख भूमिकामा देखिनेछन् ।

मुनाल घिमिरे निर्माता रहने फिल्मको थिम पोस्टर बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको छ । निर्देशक लामिछानेका अनुसार फिल्मको कथा प्रमुख पात्र केदार वरपर घुम्नेछ ।

फिल्ममा सामिप्यराज तिमल्सिनाको लेखन छ । आरम्भ प्रोडक्सनको प्रस्तुति रहने फिल्ममा केदारबाहेक अन्य कलाकार निश्चित भइसकेका छैनन् । निर्देशक लामिछानेले आठ वर्षपछि निर्देशकनमा कमब्याक गर्दैछन् । उनले पछिल्लो पटक सन् २०१६ मा प्रदर्शन भएको ‘किस्मत २’ निर्देशन गरेका थिए । फिल्म ‘माग्ने राजा’ फागुन १ गतेबाट छायाँकनमा जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’

काठमाडौँ । अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

काठमाडौं । निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गरेका

रेशम निर्दोष र र सीता परियारको ‘ढल्यो लाँकुरी’

काठमाडौँ । रेशम निर्दोष र सीता परियारको स्वरमा ‘ढल्यो लाँकुरी’ बोलको गीत सार्वजनिक

‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट

काठमाडौं । ‘नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ