नेपाल भाषाको लोकप्रिय गीत ‘राजामती’ नेपाली भर्सनमा



काठमाडौं । नेपाल भाषाको लोकप्रिय गीत ‘राजामती’ लाई नेपाली भर्सनमा आएको छ । भारतको कलकत्तामा एकसय १५ वर्ष अघि रेकर्ड गरिएको गीत नेपालीभाषामा पनि पुनः लेखन, संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको हो ।

बुधबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीतको नेपाली भर्सन सार्वजनिक गरेका हुन् । नेपालको पहिलो गायक सेतुराम प्रधानले वि.स. १९६५ ताका भारतको कलकत्ता गएर नेपाली र नेपालभाषाका राजमतीसहित १४ वटा गीतहरू आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएको बताइन्छ ।

यही गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको संगीत संयोजनमा ल्याइएको हो । सागर खनाल र सोनी लगुन लगायतका कलाकारहरूको अभिनय रहेको भिडियोको कन्सेप्ट र निर्देशन सबनम मुखियाले गरेकी हुन् । गीतको निर्मातामा रश्मी प्याकुरेल छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशिएका श्रीमान् र स्वदेशमै रहेकी श्रीमतीको पिरव्यथा समेटिएको ‘आँसुभेल’

काठमाडौँ । चर्चित गायिका रेखा जोशी र गायक रुपराज सुनारको स्वरमा मोडल तथा

भट्टराईको ‘दिलमायाको चिया दोकान’

फुङ्लिङ (ताप्लेजुङ) । गीतकार टङ्कबहादुर भट्टराईद्वारा रचित ‘दिलमायाको चिया दोकान’ गीत सार्वजनिक भएको

प्रकाश दुतराज र मेलिना राईको ‘रेशम’

काठमाडौं । गायक प्रकाश दुतराजले नयाँ गीत ‘रेशम’ सार्वजनिक गरेका छन् । सोमबार

विष्णु खत्रीको ‘दसैँ आइसक्यो’

काठमाडौँ । आइसक्यो फेरि नी साहुलाई ढाँट्ने दिन तिरेरै गाछैन पोहोर सालकै ऋण