‘खुस्मा’को गीतमा उपासना र धीरजको रोमान्स



काठमाडौँ । फिल्म ‘खुस्मा’को ‘खुसीका फूल बटुलेर’ बोलको पहिलो गीत सार्वजनिक भएको छ। एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको गीतका रचनाकार राम अविरल विष्ट हुन्।

गीतमा गायक योगीले नै संगीत भरेका छन् । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार उपासना सिंह ठकुरी र धीरज मगरको प्रेम कथा र रोमान्टिक अभिनय देख्न सकिन्छ। सुरेन्द्र राईको कोरियोग्राफीमा बनेको भिडियो पूर्वी रुकुम आसपास छायांकन गरिएको छ ।

फिल्मका लेखक तथा निर्देशक अशोक थापामगर हुन्। यो उनको डेब्यु फिल्म हो। फिल्म असोज ३ गते प्रदर्शन हुनेछ। फिल्ममा माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।

दीपक बज्राचार्यले छायांकन गरेको फिल्मका निर्माता वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर हुन्। एम मिडियाको ब्यानरमा निर्माण भएको फिल्मको गीत केन्द्र मोसन पिक्चर्सबाट सार्वजनिक गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘रिमै’को फस्र्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘रिमै’ आगामी भदौ २७ मा प्रदर्शन हुने भएको छ ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

काठमाडौँ । ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको

चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो : अभिनेता दयाहाङ राई(अन्तरवार्ता)

काठमाडौं । भोजपुरको खावा गाउँबाट लाहुर जाने उद्देश्यका साथ काठमाडौँ आइपुग्नुभएका दयाहाङ राई

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

काठमाडौँ । अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन् । आफूले सुहाउँदो