दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’



काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल राष्ट्र वैकका संचालक समितिका सदस्य चिन्तामणी सिवाकोटीद्वारा रचना गरिएको रिटिङ रिटिङ मा बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

दीपक लिम्बु र वेनिषा पौडेलको युगल स्वर रहेको गीतमा संगीत दीपक शर्मा, एरेन्ज नरेन्द्र वियोगी रेकर्डिस राजेश थापा र मास्टरिङ्ग किशोर थापाको रहेको छ भने गीत ए वान म्यूजिसियन स्टुडियोमा रेकर्डिङ भएको थियो ।

म्युजिक भिडियो मा चर्चित कलाकार जोडी गरिमा शर्मा र विमल अधिकारीको राम्रो अभिनय हेर्न सकिन्छ । अहिले वजारमा एकदमै चर्चित गीत यही त होनी मायापछि यही जोडीलाई लिएर म्युजिक भिडियो बनेकोमा गीत संगीत क्षेत्रका सरोकारवालाहरुबाट निर्देशक कृष्णदेव रुपाखेतीलाई धन्यवाद तथा म्युजिक भिडियो गुणस्तरमा उच्चस्तरको रहेको प्रारम्भिक प्रतिक्रिया प्राप्त भएका छन् ।

चर्चित कोरियोग्राफर काजिस श्रेष्ठ को कोरियोग्राफी छायाङ्कन उत्सव दाहाल भिडियो सम्पादन तथा कलर विनोद वाम मेकअप नन्दा अधिकारी सहायक कोरियोग्राफर प्रशान्त मगरको रहेको छ भने निर्देशनमा अहिलेका एकदमै व्यस्त प्रतिष्ठीत निर्देशक कृष्णदेव रुपाखेतीको रहेको छ ।

नेपाली ग्रामीण जनजीवनको जीवन्त कथा वस्तु र स्थानीय परिवेशलाई समेटिएको यस म्युजिक भिडियोमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन मा योगदान पुग्न सक्ने विश्वास गर्छन् गीतकार सिवाकोटी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शान्ति श्रीको तीज गीत ‘मै हुँ शिवको शिवानी’

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास

  काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ?

अरुण थापा स्मृति साँझ: गुञ्जिए कालजयी गीतहरू

भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु,

आँचल र विवेक अभिनित ‘बर एण्ड वधु’को ‘तिमी सँग’

काठमाडौं । आँचल शर्मा र वुवेक कर्माचार्य फिचार्ड नेपाली चलचित्र ‘बर एण्ड वधु’को