गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार



 

काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत पुरस्कार गीत रचनातर्फ वीरेन्द्र पाठक, सङ्गीत रचनामा चण्डी काफ्ले र  गायनमा मनिला सोताङ्लाई प्रदान गर्ने भएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न साधारणसभाले विसं २०७९ र २०८० दुवै वर्षको छिन्नलता गीत पुरस्कार विभिन्न आठ महानुभवलाई प्रदान गर्ने निर्णय गरेको हो । गुठीका अनुसार लोकप्रिय युवाप्रतिभा पुरस्कार भुपु पाण्डेको (पिरैपिरः झट्ट हेर्दा हजुर जिन्दगी दामी छ…) सृजनालाई प्रदान गर्ने निर्णय भएको छ ।

यस्तै २०७९ को छिन्नलता गीत पुरस्कारको गीत रचनातर्फ भूषण खरेल, सङ्गीत रचनामा मनराजा नकर्मी र गायनमा शिव परियारलाई प्रदान गर्ने निर्णय भएको गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिए । सोही वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार मेनुका पौडेलको (परेलीमा बसुँ कि कलेजीमा बसुँ गीत) सृजनालाई प्रदान गर्ने निर्णय भएको छ ।

विसं २०७९ देखि छिन्नलता गीत पुरस्कारको राशि वृद्धि गरी  एक लाख कायम गरिएको गुठीले जनाएको छ । छिन्नलता युवा प्रतिभा पुरस्कार रु ५० हजारसँगै सम्मानपत्र छ । ती पुरस्कार गुठीका संस्थापक तथा गीतकार स्व रमोलादेवी शाह ‘छिन्नलता’को जन्मजयन्तीका अवसरमा आगामी हरिशयनी एकादशीका दिन साउन २ गते प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बोक्सीको घर’ को कथा बोल्ने गीत ‘बुझिन मैले’

काठमाडौँ । केही समययता नेपाली चलचित्र ‘बोक्सीको घर’ मा समावेश गरिएको ‘बुझिन मैले’

नेपाल र कोरिया सम्बन्धको स्वर्णजयन्तीका अवसरमा ‘साराङहेयो’को आयोजना

  काठमाडौँ ।  नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध भएको ५०औँ वर्षको स्वर्णजयन्तीका

स्वरुपराज आचार्यको ‘सम्हालेर राखेको छु’

काठमाडौं । सुरेन्द्र दियालीको ‘सम्हालेर राखेको छु’ बोलको गीत सार्वजनिक भएको छ ।

भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानद्वारा नौ जना सम्मानित

  मकवानपुर । भीम विराग सङगीत साहित्य कला प्रतिष्ठानले नौ जनालाई सम्मान गरेको