यस्तो छ दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को टिजर



काठमाडौं । फिल्म ‘पुजार सार्की’ को टिजर सार्वजनिक भएको छ । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा अभिनेता प्रदीप खड्काले बाजा बजाइरहँदा अभिनेता आर्यन सिग्देललाई डोलीमा देख्न सकिन्छ। टिजरमा अभिनेता पल शाह, अभिनेत्री अन्जना बराइली र परीक्षा लिम्बुलाई पनि देख्न सकिन्छ ।

फिल्ममा प्रदीप, आर्यन, पल, अन्जना र परीक्षासँगै मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, राजेश बिसुराल, गोविन्द रमण पराजुलीलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् । राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई भरत रेग्मीले सम्पादन गरेका छन् । फिल्म जेठ १० गतेदेखि प्रदर्शन हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ ‘कमेडी दरबार’ को टिजर

काठमाडौँ । कमेडी रियालिटी सो ‘कमेडी दरबार’ को टिजर सार्वजनिक गरिएको छ ।

मनोरञ्जन कर खारेज गर्न वाग्मती प्रदेश सरकारसमक्ष माग

  काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र सञ्चालित व्यवसायमा लगाएको पाँच प्रतिशत

‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको

भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

काठमाडौँ भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको