मह जोडी सम्मानित



झापा । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले ‘पूर्णटुङ्ग आर्दश नागरिक सम्मान २०८०’ द्वारा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरेको छ ।

विर्तामोडमा बुधबार आयोजित कार्यक्रममा प्रतिष्ठानले उनीहरुलाई नगद एक लाख ११ हजार एक सय ११ सहित सम्मान गरेको हो । उनीहरुलाई भारतीय नाट्यकर्मी सिके श्रेष्ठले सम्मान गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व हरिबंश आचार्यले राजनीतिलाई नजिकबाट चिने पनि आफूहरु प्रशिक्षित नभई गीतसङ्गीतका माध्यमबाटै मुलुकमा आमूल परिवर्तनका लागि लागिरहेको बताउनुभयो ।

“हामी राजनीति र राजनीति गर्ने व्यक्तिलाई नजिकबाट चिन्छौँ । तर हामी राजनीतिबाट प्रशिक्षित हुँदैनौँ”, उनले भने, “कलासंस्कृति, गीत र सङ्गीतबाट पनि मुलुक परिवर्तन ल्याउन ठूलो योगदान पुर्याएका छौँ ।”नाट्यकर्मी श्रेष्ठले भाषा, कला, साहित्यलाई देशको सिमाले छेक्न नसक्ने बताए ।

उनले नेपाल र नेपालीले प्रगति गर्दा अरु देशमा रहेका आम नेपाली भाषीले गौरव गर्ने गरेको बताए । अध्यक्ष बस्नेतले आफ्ना पिता टुङ्गबहादुर बस्नेतको इच्छाअनुसार आमा पूर्ण कुमारीको स्मृतिमासमेत स्थापना गरेको पूर्ण टुङ्ग अक्षयकोषमार्फत महजोडीलाई सम्मान गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई

काठमाडौँ । अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्।

केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत