सर्वाधिक उचाइमा म्यूजिक भिडियो बनाउने लुइँटेल राष्ट्रपतिद्वारा सम्मानित



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाधिक उचाइमा म्यूजिक भिडियो निर्माण गरी विश्वकीर्तिमान कायम गर्ने राजेन्द्र लुइँटेललाई सम्मान गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आइतबार राष्ट्रपति पौडेलले लुइँटेल र उहाँको टिमलाई बधाईसहित माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

मनाङको तिलिचो ताल परिसरमा छायाङ्कन तथा निर्माण गरिएको उक्त भिडियोको गीत डा डिआर उपाध्यायले लेखेका हुन् भने सङ्गीत सिर्जना सन्तोष श्रेष्ठले गरेका हुन् । म्यूजिक भिडियोमा पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको अभिनय रहेको छ । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले विश्व कीर्तिमान कायम गरी नेपालको प्रचारप्रसार गरेको भन्दै लुइँटेलको प्रसंशा गरे । लुइँटेललगायतको टिमलाई यसअघि सन् २०२१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट गिनिज अफ वल्ड रेकर्ड प्राप्त गरेको थियो ।

लुइँटेलले यसअघि युरोपियन वल्र्ड रेकर्ड, अमेरिका बुक अफ रेकर्ड, युरोपियन रेकर्डस बुक, द ब्रिटिश वल्र्ड रेकर्ड, महात्मा गान्धी इन्टरनेशनल अवार्ड, ग्लोबल इन्टरनेशनल अवार्ड, डा एपिजे अब्दुल कलाम सेवा सम्मान २०२२ लगायतका सम्मान प्राप्त गरिसकेका छन् ।

कार्यक्रम व्यवस्थापन सङ्घका उपाध्यक्षसमेत रहेका लुइँटेलले भारत, दुबई, अजरवैजान, इजिप्ट, थाइल्याण्ड, कतारमा सम्मानित भइसकेका छन् । एक दशकभन्दा लामो समयदेखि सञ्चारकर्ममा सक्रिय लुइँटेल भिडियोमा अभिनय हुँदै निर्माणमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई

काठमाडौँ । अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्।

केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत