यस्तो छ ‘काँडेतार’ को ट्रेलर



काठमाडौं । नवल खड्काको अभिनय र निर्देशन रहेको फिल्म ‘काँडेतार’को ट्रेलर मंगलबार सार्वजनिक गरिएको छ । फिल्म यही फागुन २५ गते रिलिज हुँदैछ । नेपालको सीमामा भारतले हस्तक्षेप गरेको विषय समेटिएको फिल्मको ट्रेलरमा सीमामा काँडेतार लगाउनुपर्ने मुद्दा उठान गरिएको छ ।

ट्रेलरमा खड्कासहित गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा लगायतका कलाकार फिचर्ड छन् । फिल्मले चलचित्र विकास बोर्डबाट १० लाख रुपैंयाँ प्रोत्साहन शुल्क पाइसकेको छ । सामना फिल्मस् प्रालिको ब्यानरमा मकिको राई, अञ्जु केसी, नादिया खड्का र सानिया खड्काले निर्माण गरेको फिल्ममा सत्यकला राई कार्यकारी निर्मात्री छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

  काठमाडौँ । नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन्

वर्ष २०८० : ‘प्रदर्शक र निर्मातालाई बराबरी शेयर’

    काठमाडौँ ।  शनिबारदेखि नयाँ वर्ष २०८१ सुरु हुँदैछ । यस वर्षको